PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

के मेस्सीकै भरमा अर्जेन्टिनाले फ्रान्सलाई विश्वकप फाइनलमा हराउन सक्ला?



पहिलोपोस्ट

के मेस्सीकै भरमा अर्जेन्टिनाले फ्रान्सलाई विश्वकप फाइनलमा हराउन सक्ला?
Photo : Goal.com

आइतवार विश्वकप फुटबलको फाइनलमा आमनेसामने हुँदैछन् अर्जेन्टिना र साविक विश्वकप विजेता फ्रान्स। विश्व फुटबलको महानतम खेलाडी मध्येका एक लियोनल मेस्सी आफ्नो फुटबल करियरमा हात पार्न नसकेको एउटै मुख्य उपलब्धिलाई हात पार्ने अन्तिम अवसरको नजिक हुनेछन् आज।

मेस्सीसँग अनुभव पनि छ, उपाधिको नजिकै पुगेर निराश हुनुपरेको। सन् २०१४ को ब्राजिल विश्वकपमा आफ्नो टोलीलाई फाइनल पुर्‍याउन सफल भए पनि जर्मनीसँगको १-० गोलको पराजयसँगै अर्जेन्टिना उपाधिबाट विमुख बनेको थियो। त्यसैले मेस्सीलाई आफ्नो विश्वकप सपना चकनाचुर हुनुको पीडा पनि राम्ररी थाहा छ।

अर्जेन्टिनाले १९८६ पछि पहिलो पटक प्रतियोगिता जित्न कसरी सम्भव होला?

फुटबलका महानतम अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनाको अनुकरण गर्ने र अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सीको नियति हो भन्ने भावना समर्थक र मेस्सीको पनि छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने उनले फाइनल सम्मको यात्रामा पाँच गोल गरिसकेका छन् भने अन्य गोलहरुमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

सन् १९८६ मा विश्वकप जित्दा त्यसताका अर्जेन्टिनी टोलीका आइकोनिक खेलाडी म्यारोडोनाले पनि ५ गोल नै गरेका थिए। मेस्सी आफ्नो उत्कृष्ट लयमा छँदा जस्तो पूरा समय खेलमाथि नियन्त्रण त पछिल्लो समय बनाएका छैनन् तर 'मोमेन्ट'हरु तयार गरेर खेलको निर्णायक गोल गर्नमा भूमिका खेल्दै आएका छन्।

मेस्सीको त्यही कलाले उनलाई संसारका महानतम खेलाडीको सूचीमा राखेको छ। सायद उनको उत्कृष्ट लय पहिल्यै थियो होला तर अघिल्ला विश्वकपको तुलनामा यसपाला बढी प्रभावशाली देखिएको छ। अर्जेन्टिनी समर्थकहरु पनि यसपाला आफ्नो टोलीले तेस्रो पटक विश्वकपको ट्रफी उचाल्नेमा विश्वस्त छन्। उनीहरुले स्टेडियममा गीत गाइरहेका हुन्छन् : म्याराडोनाले स्वर्गबाट मेस्सीलाई ‘चियर’ गरिरहेका छन्।

फ्रान्ससँग आफ्नो टोलीको सेमिफाइनल हारको मूल्यांकन गर्दैगर्दा मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले एक रोचक कुरा भनेका थिए। ‘मलाई विश्वास छ, फ्रान्ससँग खेल्ने कुनै पनि टोलीलाई लाग्न सक्छ हामी जितसँग नजिक छौँ। तर, जब जितको नजिक छु जस्तो लाग्छ, त्यो टोली जितबाट त्यति नै टाढा हुन्छ,’ उनले भनेका थिए।

निकैबेर फ्रान्सलाई दबाबमा राखेको मोरोक्को अन्ततः २-० गोलअन्तरले पराजित भएको थियो। क्वाटरफाइनलमा पनि इङ्ग्ल्याण्डको कथा उही थियो। इङ्ग्ल्याण्डका खेलाडीमा पनि जितको भाव आउन थालेको थियो तर उनीहरुले २-१ गोलअन्तरले हार ब्यहोरे।

यो चेतावनी बन्न सक्छ अर्जेन्टिनाका लागि। बल पोजेसन नबनाएरै 'अट्याक' गर्न दुवै टोली माहिर छन्। सायद विजेता त्यही टोली हुनेछ जो फर्वाडलाई रोकेर बस्नेभन्दा पनि आफ्नो रणनीतिमा अडिग रहनेछ। त्यो धैर्य र अनुशासन त्यतिबेला चाहिने छ जब फ्रान्सले किलियन एम्बाप्पेको 'स्पीड ब्रेक' गर्नेछ।

कतार विश्वकपलाई नै उज्यालो बनाएका अर्जेन्टिना र यसका समर्थक फाइनल खेलमा भावनात्मक बन्नेछन्। हरेक जितपछि अर्जेन्टिनी समर्थकका भावना पोखिने गरेका छन्। यसले खेलाडीमा के असर परेको होला? सायद मेस्सी र उनको टिम अपेक्षाको बोझमा थिचिएका छन् या उनीहरुलाई समर्थकको भरोसा निभाउने प्रेरणा मिलेको छ?

जायज छ, आइतवार लुसैल स्टेडियममा फ्रान्सको भन्दा अर्जेन्टिनाका समर्थक धेरै हुनेछन्। यो अर्जेन्टिनाका लागि बोझ बन्ने छ या उत्साहको स्रोत। सेमिफाइनल खेलमा पनि मोरोक्कोका समर्थक स्टेडियममा धेरै थिए तर नतिजा उनीहरुको पक्षमा आउन सकेन।

एपीमा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell