PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन



पहिलोपोस्ट

सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन
Photo : CFP/ CGTN

चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ।

कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर,  अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न भनिएको सांघाईको शिक्षक विभागले जनाएको छ।

विद्यालयहरुमा शिक्षक र कर्मचारीहरु बिरामी पर्न थालेपछि शहरका केही विद्यालय बन्द भइसकेका छन्। सोमबारबाट भने अब सबै कक्षा अनलाइनमार्फत गर्न भनिएको छ। निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरुको कक्षा सोमबारबाट अनलाइनबाट गर्न विभागले निर्देशन दिएको छ। कोरोना भाइरसबाट शिक्षक र विद्यार्थीहरुलाई बचाउन यो निर्णय गरिएको विभागले जनाएको छ। यो निर्णयसँगै अब अब सन् २०२३ को जनवरी १७ सम्म भौतिक रुपमा कक्षा संचालन हुने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell