PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

स्थानीय तहका अधिकारीले बिदा बस्दा सङ्घीय मामिला मन्त्रालयको स्वीकृति लिनुपर्ने



पहिलोपोस्ट

स्थानीय तहका अधिकारीले बिदा बस्दा सङ्घीय मामिला मन्त्रालयको स्वीकृति लिनुपर्ने
तस्विर : संघीय मामिला मन्त्रालयको वेबसाइट

काठमाडौं : स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत अब मन्त्रालयबाट बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाए अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा बस्दा अनिवार्य मन्त्रालयबाट स्वीकृति गराउनुपर्ने भएको हो।

मन्त्रालयको सङ्घीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका प्रमुख रवीन्द्रजङ्ग थापाले विदाको व्यवस्थाबारे जानकारी दिएका हुन्। उनले जानकारी बिना कार्यक्षेत्र छाडेर जाँदा सेवा प्रवाहमा समस्या देखिएकाले अबदेखि मन्त्रालयको स्वीकृित बेगर बिदा पनि बस्न नपाइने बताए। स्थानीय तहमा कार्यरत अधिकारीहरुले आफूखुशी कार्यलय छाडेर बाहिर जाने गरेको गुनासो आएकाले जानकारी बिना कार्यालय छाडेर नजान उनीहरुलाई निर्देशन दिइएको छ।

मन्त्रालयले ७७ जिल्ला समन्वय समिति र सात सय ५३ वटै स्थानीय तहलाई पत्र पठाइ अब उप्रान्त मन्त्रालयको पूर्वस्वीकृति बिना जिल्ला र कार्यक्षेत्र नछाड्न पनि निर्देशनमा उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell