PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सुरु भयो नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव



पहिलोपोस्ट

सुरु भयो नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव

काठमाडौं:  नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सवको १०औँ संस्करण सुरु भएको छ। नेपाल पर्यटन बोर्डमा सुरु भएको फेस्टिभलको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गरे।

उद्घाटन समारोहमा शान्ति नेपाली निर्देशित वृतचित्र ‘क्लाइम्बिङ टेम्प्रेचर्स अन टप अफ द वर्ल्ड’ प्रदर्शन गरिएको थियो। यस डकुमेन्ट्रीले जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको प्रभाव र त्यहाँ वरिपरि बसोबास गर्ने स्थानीयको जीवनमा पारेको असरको कथा भन्छ।

फेस्टिभल उद्घाटन गर्दै अध्यक्ष मगरले मानव अधिकार फिल्महरुले जनताहरुमा सकरात्मक परिवर्तन ल्याउन सशक्त माध्यम रहेको बताए। मानव अधिकारसम्बन्धी फिल्महरुको विस्तारमा सहयोग गर्न आयोग तयार रहेको उनले प्रतिबद्धता जनाए।   

पुस ६ गतेसम्म चल्ने फेस्टिभलको यस वर्षको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ रहेको छ। सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यले हुन लागेको महोत्सवमा नेपालसहित २५ देशका ६४ वटा चलचित्र प्रदर्शन गरिने छन्।

त्यसैगरि, महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन हुने बताइएको छ। महोत्सवमा प्रर्दशन गरिने फिल्मलाई चार विधामा उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिनेछ। त्यस्तै, एक उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने छ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजना रहेको महोत्सवको सह-आयोजकमा आयोग रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell