PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अगाडि



पहिलोपोस्ट

विश्वकप फाइनल: पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अगाडि
Photo: Sorin Furcoi/Al Jazeera

फिफा विश्वकप अन्तर्गत आज जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ। कतारको दोहास्थित लुसइल स्टेडियममा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले २-० गोलको अग्रता बनाएको हो।

अर्जेन्टिनालाई कप्तान लियोनल मेस्सीले अग्रता दिलाएका थिए। अर्जेन्टिनाका एन्जल डि मारियालाई फ्रेन्च खेलाडी ओस्माने डेम्बेलेले खराब ट्याकल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मेस्सीले २३ औं मिनेटमा गोल गरेका थिए। उनले फ्रेन्च गोलकिपर ह्युगो लोरिसले अनुमान गरेको भन्दा विपरित दिशामा प्रहार गर्दै गोल गरे। 

Photo: Sorin Furcoi/Al Jazeera


जारी विश्वकपमा उनको यो छैटौं गोल हो। योसँगै सर्वाधिक गोलकर्ताको सूचिमा उनी शीर्षस्थानमा छन्। फ्रान्सका किलियन एम्बाप्पे ५ गोल गर्दै दोस्रो स्थानमा छन्। 

पहिलो हाफभर खेलमा राम्रो पकड बनाएको अर्जेन्टिनाका लागि दोस्रो गोल डी मारियाले गरे। उनले खेलको म्याक एलिस्टरको पासमा गोल गरे।

अर्जेन्टिनाको यो छैटौ विश्वकप फाइनल हो। यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना विजेता भएको थियो भने १९३०, १९९० र २०१४ को विश्वकप फाइनलमा पराजित भएको थियो। अर्जेन्टिना जर्मनीपछि सबैभन्दा धेरै पटक विश्वकप फाइनल पुग्ने टोली हो। जर्मनीले ८ पटक विश्वकप फाइनल खेलेको छ। सन् १९९८ यता फ्रान्सले ४ पटक विश्वकप फाइनल खेलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell