पोखराः विश्वकप फुटबलको फाइनल खेल चलिरहेको छ। पोखरा महानगरले निजी विज्ञापन कम्पनीसँग मिलेर प्रत्यक्ष प्रसारण गर्दै पोखराको चोक-चोकमा फुटबल लाइभ देखाइरहेको छ।
जारी फाइनलको पहिलो हाफमा अर्जेन्टिना २-० ले अघि छ।
परिचय एडभर्टाइजिङ र एपीआइ मिडियाले महानगरको सहकार्यमा पोखराको पृथ्वीचोक, लेकसाइड र अमरसिंह चोकमा फुटबल लाइभ देखाइरहेका छन्। जसको पहल पोखरा महानगरपालिकाले आफैं गरेको हो।
महानगरले नै फुटबल फाइनल देखाउने अनुमति दिएपछि फुटबल प्रेमी पनि फाइनल खेल हेर्न पोखराको सडकमा जम्मा भएका छन्।
पोखराको मुख्य सडकमा दर्शकको भीड ठूलो गरि जम्मा भएको छ। जसले गर्दा मुख्य बजार क्षेत्रमा ट्राफिक जाम भएको छ। फाइनल हेर्नकै लागि महानगरका प्रमुख धनराज आचार्य पनि पृथ्वी चोकमा छन्।