PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

विश्वकप २०२२: एम्बाप्पेलाई गोल्डनबुट, मेस्सीलाई गोल्डन बल, मार्टिनेजलाई गोल्डन ग्लभ्स



पहिलोपोस्ट

विश्वकप २०२२:  एम्बाप्पेलाई गोल्डनबुट, मेस्सीलाई गोल्डन बल, मार्टिनेजलाई गोल्डन ग्लभ्स
Photo: Showkat Shafi/Al Jazeera

फिफा विश्वकप २०२२ को सर्वाधिक गोलकर्ता फ्रान्सका किलियन एम्बाप्पे बनेका छन्। जारी विश्वकपमा ८ गोल गरेका एम्बाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डनबुट जितेका हुन्। उनले अस्ट्रेलियाविरुद्ध १, डेनमार्कविरुद्ध २, पोल्याण्ड विरुद्ध २ र अर्जेन्टिनाविरुद्ध ३ गोल गरेका थिए। 

फाइनल खेलमा एम्बाप्पेले ह्याट्रिक गरेका थिए। आजसम्पन्न फाइनल खेलमा एम्बाप्पेको ह्याट्रिकको बावजुत फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको थियो।

त्यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेके लियोनल मेस्सी उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल जिते। उत्कृष्ट गोलकिपर पनि अर्जेन्टिनाकै इमिलिआनो मार्टिनेज बने। उत्कृष्ट युवा खेलाडी पनि अर्जेन्टिनाकै इन्जो फर्नान्डेज घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell