PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एकीकृत समाजवादीको संसदीय दलको बैठक पुस ४ गते



पहिलोपोस्ट

एकीकृत समाजवादीको संसदीय दलको बैठक पुस ४ गते

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो।

आइतवार भएको बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरि साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल भएको थियो। यस्तै, निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पनि बैठकमा छलफल भएको थियो। यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय पनि भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

आइतवार नै अध्यक्ष नेपालले आज वामदेव गौतमसँग भेटवार्ता गरि एकताबद्ध भएर जाने विषयमा छलफल गरेका थिए। नेपालले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि राजनीतिक विषयमा भेटवार्ता गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell