PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अर्जेन्टिनाले विश्वकप ट्रफी उचाल्दा मध्यरातमा झुम्यो दरबारमार्ग

अर्जेन्टिनाले विश्वकप ट्रफी उचाल्दा मध्यरातमा झुम्यो दरबारमार्ग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आइतवार राति सम्पन्न विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्‍यो।  पहिलो हाफमा अर्जेन्टिनाको दुई गोल र दोस्रो हाफमा फ्रान्सको दुई गोल। अतिरिक्त समयमा पुगेको खेलमा पनि दुवै टोलीले एक एक गोल गरे।

त्यसपछि उपाधि छिनोफानोका लागि भएको पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले बाजी मार्‍यो। विश्वकप इतिहासमा नै निकै प्रतिस्पर्धात्मक भनिएको हिजोको खेल काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रशारण गरिएको थियो।

होटल, रेष्टुराँ, पबहरु फुटबल समर्थकले भरिएका थिए। सडक र टोलटोलमा प्रोजेक्टर राखेर खेल प्रशारण गरिएको थियो। काठमाडौंको दरबारमार्गमा पनि रातभर फुटबल समर्थकहरुको भिड रह्यो। होटल अन्नपूर्णमा आयोजित प्रत्यक्ष प्रशारण हेर्न सयौंको भिड थियो।



ट्रेन्डिङ पोस्ट

Ncell