PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विश्वविजेता बनेपछि अर्जेन्टिनाका राष्ट्रपतिलाई रसियाका राष्ट्रपतिको फोन, 'समाजलाई एकता र शान्ति चाहिन्छ'



पहिलोपोस्ट

विश्वविजेता बनेपछि अर्जेन्टिनाका राष्ट्रपतिलाई रसियाका राष्ट्रपतिको फोन, 'समाजलाई एकता र शान्ति चाहिन्छ'

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले अर्जेन्टिनाका राष्ट्रपति अलबर्टो फर्नान्डिजलाई विश्वकप उपाधी जितेकोमा बधाई दिएका छन्। फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले विश्वकप ट्रफी उचालेपछि पुटिनले अलबर्टोलाई फोन गरि बधाई दिएका हुन्।

टेलिफोन संवादका क्रममा पुटिनले तेस्रोपटक विश्व विजेता बनेकोमा अर्जेन्टिनालाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना दिएका थिए।

अलबर्टोले अर्जेन्टिनाको जितले समाजमा एकता र शान्तिको सन्देश दिएको पुटिनलाई बताएका थिए।

'राष्ट्रपति पुटिनलाई धन्यवाद। आजको उमंगले अर्जेन्टिनालाई विश्वका धेरै मानिसहरूसँग एकताबद्ध गर्ने उदाहरण बनेको छ। हाम्रा समाजलाई एकता र शान्ति चाहिन्छ,'अलबर्टोले उल्लेख गरेका छन्। 

राष्ट्रपति अलबर्टोले आफ्नै निवासमा परिवारसँग बसेर विश्वकप हरेका थिए। फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोन भने विश्वकप फाइनलका लागि कतार पुगेका थिए। 

अलबर्टोले जितपछि आफ्नी श्रीमती र छोराको तस्विर ट्वीट गर्दै खेलाडी र प्राविधिक टोलीलाई धन्यवाद व्यक्त गरेका थिए। 

'उनीहरू हामीले हार मान्नु हुँदैन भन्ने उदाहरण दिएका छन्। हाम्रो भविष्य महान् छ र हामीसँग महान मानिस छन्' जितपछि राष्ट्रपति अलबर्टोले भने।

अर्जेन्टिनाले गए राति भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप उपाधि जितेको हो। विश्वका विभिन्न देशका सरकार र राष्ट्र प्रमुखहरुले अहिले अर्जेन्टिनालाई शुभकामना दिइरहेका छ्न।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell