PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'हात्तीछाप' मा दया र सौगातको मुख्य भूमिका रहने



पहिलोपोस्ट

'हात्तीछाप' मा दया र सौगातको मुख्य भूमिका रहने

काठमाडौं : फिल्म ‘हात्तीछाप’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। मुख्य भूमिकाको लागि आइतबार सौगात र निर्माण टिमबिच लिखित सम्झौता भएको हो।

यसअघि अभिनेता दयाहाङ राई पनि मुख्य भूमिकाकै लागि अनुबन्धित भइसकेका छन्। केही महिनाअघि रिलिज भएको दयाहाङ र सौगात अभिनित फिल्म ‘दुई नम्बरी’ हिट भएको थियो। जसकारण निर्माता किरण नेपालीले यस फिल्ममा पनि दुबैलाई रोजेका छन्।

सिमोस सुनवार निर्देशित फिल्मका लागि अन्य कलाकार 'फाइनल' गरिएको छैन। प्रदीप भारद्धाजको कथा मन पराएपछि ‘२ नम्बरी’ का निर्माता किरणले ‘पोई पर्‍यो बुढो’ लाई 'पोष्टपोन्ड' गर्दै यो कथामा फिल्म बनाउन लागेका हुन्।

फिल्मको छायाङ्कन चैतबाट सुरु गर्ने योजना निर्माण पक्षको छ। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा बन्ने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell