PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

ट्वीटर प्रयोगकर्तालाई इलन मस्कको प्रश्न : के मैले ट्वीटर प्रमुखको पद छोड्नु पर्छ?



पहिलोपोस्ट

ट्वीटर प्रयोगकर्तालाई इलन मस्कको प्रश्न : के मैले ट्वीटर प्रमुखको पद छोड्नु पर्छ?
Photo : CNN

इलन मस्कले ट्वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बनिरहन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।

ट्वीरमा ट्वीटर प्रमुखबाट हट्नुपर्छ कि पर्दैन भनेर 'पोल' गरेका उनले सर्वेक्षणबाट आउने नतिजालाई मान्ने बताएका छन्। यसअघि पनि ट्वीटर 'पोल' गर्दै उनले विभिन्न निर्णयहरु लिइसकेका छन्।

इलनले केही महिनाअघि ४४ अर्ब डलर 'डिल'मा ट्वीटर खरिद गरेको थियो। त्यसपछि उनले ट्वीटरका सिइओ पराग अग्रवाललाई बर्खास्त गर्दै आफैलाई कम्पनीका प्रमुख बनाएका थिए।

ट्वीटर किनेपछि मस्कले ट्वीटर भेरिफिकेसन अन्तर्गत ब्यू टिकका लागि निश्चित रकम तोक्नुका साथै अन्य थुप्रै नयाँ फिचरहरु ल्याएका छन्। ट्वीटरमा फेसबुक, इन्टाग्राम लगायत अन्य एपहरुको 'प्रोमोशन' मा पनि रोक लगाइएको छ।

मस्क ट्वीटरसँगै टेस्ला र स्पेसएक्सका प्रमुख पनि हुन्। ट्वीटर किनेपछि टेस्लाको सेयरको मूल्य घट्दै गइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell