PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कुन कुन कलाकारले पाउँदैछन् ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार'?



पहिलोपोस्ट

कुन कुन कलाकारले पाउँदैछन् ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार'?

काठमाडौं : ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा भएको छ। नातिकाजी स्मृति समाजले आइतवार शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार दिनेको सूची सार्वजनिक गरेको हो।

यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक बिके राना, कन्हैया सिंह परियार, गीतकार शुभ मुकारुङ, अमर बान्तुलाई प्रदान गरिनेछ।

त्यसैगरि, रचनाकार एकनारायण भण्डारी, संगीतका कालीप्रसाद बास्कोटा, गायक राज सिग्देल, गायिका माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७८’ दिइनेछ। ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७८’ गीतकार देवेन गिरी, संगीतकार दीपक शर्मा, गायक कृष्ण काफ्ले, गायिका अस्मिता अधिकारीलाई वितरण गरिनेछ। त्यस्तै, संगीतकार चन्दन कुमार श्रेष्ठले ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार २०७८’ पाउनेछन्।

यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाह्य पुरस्कार संगीत संयोजक रवीन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार २०७८’ लोक गायिका देवी घर्तीलाई प्रदान गरिनेछ। यो वर्षको ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ भने गायक आशीष सचिन गौतमलाई दिइनेछ।

त्यसैगरि, पत्रकार डम्बर बहादुर बुढाथोकी र कुबेर राज गिरिले ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८’ पाउनेछन्। सम्मान तथा पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ। नातिकाजी स्मृति समाजले नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell