PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

थाइल्यान्डमा युद्धपोत डुब्दा ३१ जना नौ सेनिक बेपत्ता



पहिलोपोस्ट

थाइल्यान्डमा युद्धपोत डुब्दा ३१ जना नौ सेनिक बेपत्ता
Photo : Thai Army

थाइल्यान्डको नौसेनाले आफ्नो एक युद्धपोत समुन्द्रमा डुबेको जनाएको छ। गल्फ अफ थाइल्यान्डमा तैनाथ सो युद्धपोत आँधी आएपछि डुबेको हो।

करिब १०० जना सवार युद्धपोतमा रहेका ३१ जना नौ सैनिकहरु बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्।

'एचटीएमएएस सुखोताई' नाम गरेको सो युद्धपोतको पावर कन्ट्रोलमा पानी भरिएपछि डुबेको बताइएको छ। सो घटना पश्चात खटेको उद्दार टोलीले ७५ जनाको उद्दार गरेको छ।

'१२ घण्टाभन्दा बढी भइसकेको छ तर पनि हामी खोजीकार्य जारी राख्नेछौं,' नौसेनाका प्रवक्ताले भने।

सैन्य अधिकारीहरुले सो घटनाको छानबिनका लागि निर्देशनसमेत दिएका छन्। प्रारम्भिक अनुसन्धानमा इन्जिनले काम नगर्दा सो घटना भएको अनुमान गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell