PahiloPost

Jul 1, 2025 | १७ असार २०८२

मिस वर्ल्डले कतारमा रंगशाला निर्माण गर्दा ज्यान गुमाएका नेपालीका परिवारलाई सहयोग गर्ने



पहिलोपोस्ट

मिस वर्ल्डले कतारमा रंगशाला निर्माण गर्दा ज्यान गुमाएका नेपालीका परिवारलाई सहयोग गर्ने
Photo : AFP

काठमाडौं : विश्वकपका लागि कतारमा रंगशाला निर्माण गर्ने क्रममा नेपालीसहित अन्य धेरै देशका आप्रवासी कामदारले ज्यान गुमाए। यही विषयलाई लिएर यसपटकको विश्वकप विवादितसमेत बन्न पुग्यो। नेपालमा पनि यही विषयलाई लिएर विश्वकपको आलोचनासमेत भयो।

विवादबिच मिस वर्ल्डले ज्यान गुमाएका नेपाली कामदारका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले इन्स्टाग्राममार्फत सहयोग गर्ने जानकारी दिएका हुन्। सार्वजनिक फोटोमा नेपालको राष्ट्रिय झण्डा र ब्याकग्राउन्डमा कतारको रंगशाला देख्न सकिन्छ।

गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सहयोग गर्ने बताएका छन्। मिस वर्ल्डको आगामी ७१ औं संस्करणको ‘ब्युटी विथ पर्पस’ कार्यक्रममार्फत मृतक कामदारका बालबच्चा, विधवा र बाबुआमालाई सम्बोधन गर्ने समेत उल्लेख गरेका छन्।

ज्यान गुमाउने कामदारप्रति सहानुभूति जनाउँदै उनले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र फिलिपिन्सका आप्रवासी कामदारका परिवारलाई सहयोग प्रतिबद्धता जनाएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell