PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन



पहिलोपोस्ट

जनमत पार्टीको संसदीय दलको नेतामा सिके राउत चयन

काठमाडौं : जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन्।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए। 

राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ।

यसैगरी जनमत पार्टीको संसदीय दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवार चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell