PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

कांग्रेस संसदीय दलको नेता छान्न पुस ६ गते चुनाव



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको नेता छान्न पुस ६ गते चुनाव

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधवार निर्वाचन हुने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

‘कांग्रेस संसदीय दलको नेता छान्न ६ गते निर्वाचन तोकेको छ। बिहान ८ बजेबाट १० बजेसम्म निर्वाचनको समय तय भएको छ,’ संयोजक आङ्देम्बेले भने।

कांग्रेसको आइतवार बसेको केन्द्रीय कार्यसम्पादन समितिले आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय कार्यसमिति गठन गरेको थियो। कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय दलको नेतामा पुन प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। यता संस्थापनइतरबाट डा शेखर कोइराला र गगन थापा पनि संसदीय दलको नेता बन्ने तयारीमा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell