PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार तिर्नुपर्ने, यस्तो छ कार्यतालिका



पहिलोपोस्ट

कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार तिर्नुपर्ने, यस्तो छ कार्यतालिका

काठमाडौं : नेपाली कांग्रेसले पुस ६ गते संसदीय दलको नेता छान्ने भएको छ। निर्वाचन पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको संसदीय दल निर्वाचन समितिका संयोजकसमेत रहेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

कांग्रेसको संसदीय दलको नेतमा प्रतिस्पर्धा गर्न चाहनेले ५१ हजार रुपैयाँ दाखिल गरेर उम्मेदवारीका लागि दरखास्त दिनुपर्नेछ। हाल कांग्रेसमा संसदीय दलको नेताका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको नाम चर्चामा छ।

यस्तो छ कार्यतालिका

कांग्रेसले संसदीय दलको नेता चयनको लागि कार्यतालिका सार्वजनिक गरेको छ। संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार पुस ४ गते मतदाता नामावली सार्वजनिक गरिनेछ। पुस ४ गते नै मतदाता नामावली उपर दाबी विरोध गर्नका लागि समय छुटायइएको छ। दाबी विरोध उपर जाँचबुझ गरि पुस ४ गते दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।

पुस ५ गते उम्मेदवारको लागि दरखास्त लिइनेछ। उम्मेदवार बन्न चाहनेहरुले बिहान ८ बजेदेखि १० बजेसम्म ५१ हजार रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्। ५ गते बिहान १०:३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन र ११ बजेदेखि ११:३० बजेसम्म उम्मेदवारको दरखास्त उपर दाबी विरोध गर्नका लागि समय छुट्याइएको छ।

यस्तै,  पुस ५ गते नै दिउँसो १२ बजे दाबी विरोध उपर जाँचबुझ गरि उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। उम्मेदवारले दिउँसो १२:३० देखि २:३० बजेसम्म आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन पाउनेछन्।

पुस ५ गते दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका समितिले जारी गरेको छ।

संसदीय दलको नेताका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन तग गरिएको छ। मतदान सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell