PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक



पहिलोपोस्ट

संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक

काठमाडौं: संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच शेखर खरेल लिखित पुस्तकको विमोचन गरिएको हो।

पुस्तकमा गजमेरको दार्जीलिङ, काठमाडौं र मुम्बईसम्मको संगीत यात्रा तथा संघर्षलाई प्रस्तुत गरिएको छ। नेपाल र नेपालीका लागि आफूले के गरेँ र के दिन सकेँ भन्ने सम्पूर्ण कुरा पुस्तकमा रहेको बताउँदै गजमेरले खुसी व्यक्त गरे। साथै आफ्नो सांगीतिक यात्रामा दिवंगत श्रीमती कुसुम गजमेरको हात रहेको बताउँदै सम्पूर्ण सफलताको श्रेय दिए।

गजमेरले खुलेर नेपाली भाषा बोल्न पाएको निकै खुसी लागिरहेको बताए। भन्छन्, ‘मलाई असाध्यै राम्रो लागेको छ। यहाँ आएर सबैसँग नेपालीमा बात गर्न पाएँ। नत्र नेपाली सुन्न र बोल्नु निकै गाह्रो हुने। होइन भने हिन्दी, कि गुजराती, मराठी र अंग्रेजी भाषा बोल्नु पर्थ्यो। तर,यहाँ त सबैले मैले बोलेको सुन्ने र बुझ्ने हुनुहुन्छ असाध्यै रमाइलो भइरहेको छ। यो मान र इज्जतका लागि सबैलाई धन्यावाद।’

कार्यक्रममा उनले दिवंगत मित्रहरू पिटर र नोर्बुका परिवारलाई आफ्ना लागि गरेको सहयोगको चर्चा गर्दैँ आफ्ना गुरु अमर गुरुङलाई पनि सम्झिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell