PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

'फूलबारी' को टिजर सार्वजनिक



पहिलोपोस्ट

'फूलबारी' को टिजर सार्वजनिक

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ। २ मिनेट लामो टिजरमा विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्।

पारिवारिक कथालाई समेटेको यस फिल्मले अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्छ। फिल्ममा विपिन र अरुणाका साथै दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायतका कलाकारहरुको अभिनय रहेको छ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन्। कमल किशोर मलपानीको कथा र कन्सेप्ट रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्म फागुन ५ देखि प्रदर्शन हुनेछ। यसै वर्ष रामबाबु निर्देशित ‘कबड्डी ४’ ले सर्वाधिक व्यापारको रेकर्ड राख्न सफल भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell