PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

करातेमा नेपाललाई १० स्वर्ण



पहिलोपोस्ट

करातेमा नेपाललाई १० स्वर्ण
फाइल फोटो

काठमाडौं : भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनशिपमा नेपालले १० स्वर्ण र दुई रजत पदक हात पारेको छ।

मिक्स मार्सल आर्ट फेडेरेशन इन्डियाको आयोजनामा भएको उक्त च्याम्पियनशिपमा नेपालका राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टोलीले कातातर्फ स्वर्ण जित्न सफल भएको मुम्बईबाट प्रतियोगिता रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिए।

यस्तै, श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित महिला टोलीले पनि स्वर्ण जितेको छ। श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन्। श्रीजना महताराले क्याडेट व्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमितेतर्फ रजत जोडिन्। नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर व्यक्तिगत कातामा रजत प्राप्त गरिन्। टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर व्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन्।

पुरुषतर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर व्यक्तिगत कातामा स्वर्ण जित्न सफल भए। नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधिसहित मिक्स मार्सल आर्टको एमएमए बेल्टसमेत प्राप्त गर्न सफल भएको टोली नेतासमेत रहेका मानन्धरले जानकारी दिए।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाई थापा मगर छन्। च्याम्पियनशिपमा नेपाल, भारत र रसियाका गरि ४२५ खेलाडीहरूको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell