PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

रसिया युक्रेन युद्धको १० महिना : देशद्रोही र जासुसहरुको पहिचान गर्न पुटिनले दिए निर्देशन



पहिलोपोस्ट

रसिया युक्रेन युद्धको १० महिना : देशद्रोही र जासुसहरुको पहिचान गर्न पुटिनले दिए निर्देशन
Photo : REUTERS

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले रसियाको सीमामा सुरक्षा बढाउन निर्देशन दिएका छन्। उनले सुरक्षा अंगहरुलाई समाजमा शान्ति स्थापना गर्दै 'देशद्रोही र जासुस'हरुलाई खोज्न पनि निर्देशन दिएका छन्।

सुरक्षा सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी शक्ति र आन्तरिक विद्रोहीहरुबाट समाजलाई मुक्त गर्दै सीमा सुरक्षामा सतर्क बन्न भनेका हुन्। उनले काउन्टर इन्टेलिजेन्स एजेन्सी, मिलिटरी इन्टेलिजेन्सलाई पनि प्रभावकारी भूमिका निर्वाह गर्न भनेका छन्। साथै, देश विरोधी गतिविधिमा संलग्न भइ तोडफोड र हिंसामा उत्रनेहरुमाथि पनि निगरानी बढाउन पुटिनले निर्देशन दिएका छन्।

'विदेशी गुप्तचहरुको कार्यलाई दबाउन गम्भीर भएर लाग्नुपर्ने बेला भइसकेको छ। देशद्रोही, जासुस र सरकारविरुद्ध प्रदर्शनमा उत्रनेहरुको पहिचान गर्न आवश्यक छ,' पुटिनले भने।

उनले सीमा सुरक्षालाई बलियो बनाउनुपर्ने भन्दै कुनै पनि हस्तक्षेप भए त्यसविरुद्ध कडा कदम चाल्न भनेका छन्। उनले रसियाले नियन्त्रणमा राखेको युक्रेनका शहरहरुमा बस्दै आएका मानिसहरुको सुरक्षाको प्रत्याभूति गर्न पनि सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन्।

पुटिनले सुरक्षाकर्मीहरुलाई आधुनिक हतियार र उपकरण उपलब्ध गराउने वाचा गर्दै देशको सीमा र जनताको अधिकार र स्वतन्त्रताको सुरक्षा गर्ने जिम्मेवारी सैनिकहरुमा रहेको बताएका छन्। रसियाले युक्रनेमा मिसाइल आक्रमणलाई तिब्रता दिएको बेला पुटिनको यो भनाइ सार्वजनिक भएको छ।

रसिया र युक्रेनबिच युद्ध भएको १० महिना भइसकेको छ। हालसम्म पनि युद्ध समाप्त हुने कुनै आधार देखिएको छैन। युद्धका कारण युक्रेनबाट १ करोड ६० लाख भन्दा बढी मानिस पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भइसकेका छन्।अर्बौंको सम्पत्ति युद्धका कारण नष्ट भइसकेको छ। युद्धको समय लम्बिदै गर्दै युक्रेनलाई पश्चिमा राष्ट्रहरुले समर्थन गरिरहेका छन्। तर पनि युद्ध समाप्त गर्न कसैले पनि पहल गरेका छैनन्। रसियाले पनि युक्रेनमा आफ्नो लक्ष्य स्थापित गर्ने भन्दै थप सैन्य कारवाहीको तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell