PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

मेस्सी बने 'बीबीसी वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर'



पहिलोपोस्ट

मेस्सी बने 'बीबीसी वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर'

अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका लियोनल मेस्सीलाई बीबीसी स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर २०२२ घोषित गरिएको छ।

फ्रान्ससँग भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाको कप्तानी सम्हालेका मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका थिए। ३५ वर्षीया मेस्सी कतार विश्वकपमा गोल्डन बल जित्दै विश्वकप इतिहासमा नै दुईपटक गोल्डेन बल जित्ने खेलाडी बने भने विश्वकपमा सर्वाधिक खेल खेल्ने (२६ खेल) रेकर्डसमेत उनको नाममा छ।

च्याम्पियन्स लिग, कोपा अमेरिका, लालिगा, लिग १ को उपाधिसहित कयौं व्यक्तिगत उपाधि जितेका मेस्सीले विश्वकप उचालेसँगै उनले सर्वकालीन महान् खेलाडीको सूचीमा समावेश भएका छन्। 

बीसी वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड हरेक वर्ष विश्वस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ। गत वर्ष यो अवार्ड इरिस जकी राचेल ब्ल्याकमोरलाई प्रदान गरिएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell