PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस



पहिलोपोस्ट

क्यापिटल हिल दंगा : ट्रम्पमाथि अपराधिक मुद्दा चलाउन सिफारिस
Photo : AP

गत वर्ष अमेरिकी सदनमा भएको दंगामा अमेरिका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मुद्दा चलाउन सिफारिस गरिएको छ। राष्ट्रपति निर्वाचनको समयमा ट्रम्प समर्थकले क्यापिटल हिलमा प्रवेश गरि तोडफोड गरेका थिए।

डेम्रोक्रेटिक पार्टीको अगुवाईमा गठन भएको कमिटीले ट्रम्पविरुद्ध अपराधिक मुद्दा चलाउन अमेरिकि न्याय विभागलाई आग्रह गरेको हो। सो कमिटीले ट्रम्पका पूर्व सहयोगी होप हिक्सको एक भिडियो किल्पलाई आधार बनाएको छ जसमा ट्रम्पले राष्ट्रपति निर्वाचनमा पराजय अस्वीकार गर्ने बताएका थिए। राष्ट्रपतिमा ट्रम्पको हार र जो बाइडेनको जित भएको घोषणा हुन बाँकी भएको बेला भएको हिंसाका क्रममा ५ जनाको मृत्यु भएको थियो।

सो कमिटीले ट्रम्पमाथि विद्रोहीलाई उकसाएको र उनीहरुलाई सहयोग गरेको, आधिकारिक कारवाही गर्न बाधा उत्पन्न गरेको, गलत बयान दिएको र अमेरिकाविरुद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा चलाउनुपर्ने उल्लेख गरेको छ।

ट्रम्पले भने सो कमिटीलाई 'कंगारु कोर्ट'को संज्ञा दिएका छन्। उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन्। ट्रम्पले अब हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नका लागि रिपब्लिकन पार्टीभित्र अभियान सुरु गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell