
अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड अमेरिकाका लागि राजदूत नियुक्त भएका छन्। अस्टेलियन सरकारले रुडलाई सन् २०२३ को मार्चदेखि कार्यभार सम्हाल्ने गरि अमेरिकाको नयाँ राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो।
रुडले अस्ट्रेलियन सरकारको सो निर्णयको स्वागत गर्दै आफूले निकै सम्मानित महसुस गरिरहेको बताएका छन्।ट्वीटमा विज्ञप्ति जारी गर्दै उनले हाल अस्ट्रेलियाले सुरक्षा र कुटनीतिक क्षेत्रमा चुनौति समाना गर्नु परिरहेको भन्दै अमेरिकासँग आफूले राम्रो सम्बन्ध स्थापित गर्न सक्नेमा विश्वस्त रहेको बताएका छन्।
पछिल्लो दशकमा आफूले अमेरिकामा रहेर चीन-अमेरिका सम्बन्धबारेमा अध्ययन गरेको र हाल अन्य संगठनहरुसँग पनि आबद्ध भएको बताएका छन्। उनले पछिल्लो समय अमेरिकाका रिपब्लिकन र डेमोक्रेटहरुसँग मात्र नभइ त्यहाँका व्यापारी, नागरिक समाज र मिडियासँग पनि राम्रो सम्बन्ध बनाएको बताएका छन्। आफू नयाँ जिम्मेवारी लिन तयार भएको भन्दै उनले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने बताएका छन्।
रुड सन् २००७ को डिसेम्बरदेखि २०१० को जुनसम्म र फेरि २०१० को जुन देखि सेप्टेम्बर सम्म अस्ट्रेलियकाका प्रधानमन्त्री बनेका थिए।
I am greatly honoured by the Australian Government’s decision to nominate me as our country’s next Ambassador to the United States of America commencing in March. pic.twitter.com/vIz1KckSv4
— Kevin Rudd (@MrKRudd) December 19, 2022