PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

आफ्नै घरमा आगो लगाउँदा ...



पहिलोपोस्ट

आफ्नै घरमा आगो लगाउँदा ...
प्रतिकात्मक तस्विर

काठमाडौं : सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका एक युवकले आफ्नै घरमा आगो लगाएका छन्।

जिल्लाको मध्यभागमा पर्ने हरिपुर-२ सानो जगतपुर बस्ने सो युवकले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए। आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको छ।

इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए। आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए। आगलगीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए

आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell