
काठमाडौं : अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म 'जय हो' को निर्देशकमा टेक पौरखी राई अनुबन्धित भएका छन्। सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्स र निर्देशक राई बिच लिखित सम्झौता भएको हो।
सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन्। अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लाग्ने निर्माण पक्षले बताएको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मलाई माघ अन्तिम सातादेखि काठमाडौं, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा छायाङ्कन गरिनेछ। एक्सन लभस्टोरी फिल्ममा राज के अधिकारी र सुरज सरकारले लगानी रहेको छ।