PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

एकाबिहानै ट्राफिक प्रहरीको एक्सन : नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा



पहिलोपोस्ट

एकाबिहानै ट्राफिक प्रहरीको एक्सन : नियम पालना नगर्ने २ सय ७० जना कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १० जना स्कुल बसका चालक कारबाहीमा परेका छन्। जसमा सवारी चालक अनुमति पत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना, लापरबाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारबाही गरिएको छ।

जाँचकै क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरिएको छ। सडकमा दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गराउन जाँच गरी ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell