PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान,४ देश सहभागी प्रतियोगितामा पहिलो खेल बंगलादेशसँग



पहिलोपोस्ट

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान,४ देश सहभागी प्रतियोगितामा पहिलो खेल बंगलादेशसँग
Photo: NSJF

काठमाडौ: काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ। नेपाली टोली मंगलबार मध्यान्ह त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो।

नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो। काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता छन्। नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुष ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। त्यस्तै दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा कीर्गिस्तानसँग खेल्नेछ।

नेपाली टोली:

धिरोज कुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीम राज गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell