PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, शेखर प्रस्तावक बन्ने



पहिलोपोस्ट

देउवाविरुद्ध संसदीय दलको नेतामा गगन थापा भिड्ने, शेखर प्रस्तावक बन्ने

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलमा संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन्। मंगलवार बसेको संस्थापनइतरको बैठकले संसदीय दलको नेतामा गगनलाई अघि बढाउने सहमति गरेको एक नेताले बताए।

संसदीय दलमा डा शेखर कोइरालाले समेत इच्छा देखाएपछि दुई नेताबीच सहमति जुटाउन बिहानबाटै होटल एम्बासडरमा बैठक बसेको थियो। बैठकबाट शेखर गगनलाई संसदीय दलको नेतामा अघि बढाउन सहमत भएको ती नेताले बताए।

थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको शेखरको सचिवालयले पुष्टि गरेको छ। 'नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेताको उम्मेदवार प्रस्ताव गर्नु भएको छ। आफू निकट सांसद र केन्द्रीय सदस्यहरुको भेला राखेर कोइरालाले थापालाई प्रस्ताव गर्नुभएको हो,' कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भनेका छन्।

यसैगरी गगनको सचिवालयले पनि सहमति जुटेको जनाएको छ। ‘शेखर कोइरालाले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्नु भएको छ,’ गगनको सचिवालयले जनायो। उपसभापति धनराज गुरुङ गगनको समर्थक बन्ने तय भएको छ। कांग्रेस संसदीय दलमा संस्थापनबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिँदैछन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell