PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला



पहिलोपोस्ट

तानसेनमा घडेरी खन्दा भेटिए तोपका गोला

बुटवल : पाल्पाको तानसेनमा घडेरी खन्ने क्रममा ठूलो संख्यामा तोपका गोला फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाका अनुसार तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तीनसय भन्दा बढी गोला फेला परेका हुन्। गोला भेटिएको जग्गा पाल्पास्थित नेपाली सेनाको हो।

सोही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको डीएसपी थापाले बताए। अहिले ती गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ। नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ती गोला पुरेको हुनसक्ने प्रहरीले जनाएको छ। ती गोला यहाँ कसले राखेको थियो भन्नेबारे थप बुझ्ने काम भइरहेको डीएसपी थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell