PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान



पहिलोपोस्ट

वाग्मती प्रदेशसभाका लागि सर्वदलीय बैठक आह्वान

हेटौंडा : वाग्मती प्रदेश सभामा नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरिएको छ।प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार, शपथ थ्रहण मिति र समय निर्धारण गर्न यही पुस ८ गते बिहान ११ बजे बस्ने गरी सर्वसदीय बैठक आह्वान गरिएको हो।

निर्वाचन आयोगको प्रतिवेदन प्राप्त भएको ३५ दिनभित्र सरकार गठन भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार सर्वदलीय बैठक आह्वान गरेको उनले बताए। बैठक वर्तमान प्रदेशसभामा जेष्ठ सदस्य रामप्रसाद ढुंगानाको अध्यक्षता बस्ने भएको छ। ७२ वर्षीय ढुंगाना गत मंसिर ४ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका लागि नुवाकोट जिल्लाको क्षेत्र नं. २ (१) बाट निर्वाचित भएका हुन्। उनी नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फबाट निर्वाचन भएका हुन्।

प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुखले शपथ गराउनेछन्। उनले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आगामी अधिवेशनको शुरुवात गर्नेछन्। शपथ ग्रहणको मिति भने टुंगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell