PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

‘अवतार : वे अफ वाटर’ ले नेपालमा कति कमायो?



पहिलोपोस्ट

‘अवतार : वे अफ वाटर’ ले नेपालमा कति कमायो?

काठमाडौं : हलिउड फिल्म ‘अवतार: वे अफ वाटर’ ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले चारदिनमा ३ करोड ४० लाख बढी रुपैयाँ कलेक्सन गरेको हो।

नेपालका मल्टिप्लेक्स हलहरुमा उच्च शो पाएको यस फिल्मले सोचेअनुसार नै व्यापार गरिरहेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टकी कविता महर्जनले जानकारी दिइन्। उनका अनुसार फिल्मले रिलिजको पहिलो दिन १ करोड ११ लाखको व्यापार गरेको थियो। त्यसैगरि, शनिवार १ करोड ३५ लाख, आइतवार ५० लाख र सोमवार ५० लाख कलेक्सन गरेको थियो। पछिल्ला दिनमा फिल्मले राम्रो व्यापार गर्ने एप्पल इन्टरटेनमेन्टको आशा छ।

हलिउड स्टुडियो डिज्नेले आइतबारसम्म यस फिल्मले विश्वभर ४४१.६ मिलियन डलर कमाएको उल्लेख गरेको छ। जेम्स क्यामरुन निर्देशित यो फिल्म साढे तीन घण्टा लामो छ।

फिल्म ‘अवतार: द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो। सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने चलचित्र हो। यसले अवतारको रेकर्ड तोड्न सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell