PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

चीनमा फलोअप उपचार पछि काठमाडौं फर्किए वर्षमान पुन



पहिलोपोस्ट

चीनमा फलोअप उपचार पछि काठमाडौं फर्किए वर्षमान पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा फलोअप उपचारपछि आज स्वदेश फर्किएका छन्। 

पुनलाई वंशाणुगतरूपमा रहेको पुरानो रोग जण्डिसले फेरि सताएपछि केही साताअघि उनी चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए। यसअघि २०७८ साल मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनी चीन गएका थिए। चीनमा उनको फलोअप उपचार सफल भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell