PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संसदीय दलको नेता बन्न जब देउवा र गगन एकसाथ उम्मेदवारी दर्ता गराउन पुगे



पहिलोपोस्ट

संसदीय दलको नेता बन्न जब देउवा र गगन एकसाथ उम्मेदवारी दर्ता गराउन पुगे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भोलि निर्वाचन हुँदैछ। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले मनोनयन दर्ता गराएका छन्।

छुट्टा छुट्टै समयमा सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा पुगेका देउवा र थापाले मनोनयन भने सँगै गराएका थिए। आफ्ना प्रस्तावकहरुलाई साथमा राखेर उनीहरुले एकसाथ उम्मेदवारी दर्ता गराएका हुन्।

देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्।

गगन थापाका लागि उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल समर्थक बसेका हुन्। संसदीय दलको नेतामा डा शेखर कोइराला गगनका प्रस्तावक बसेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell