PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत



पहिलोपोस्ट

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। उपाध्यक्षहरु विष्णु पौडेल प्रस्तावमा र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। उपनेता र सचेतक भने चयन भइनसकेको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।

संसदीय दलको बैठकले ओलीलाई नेता चुनेको र ओलीले बाँकी संसदीय दलको पदाधिकारीबारे निर्णय गर्ने नेम्वाङको भनाइ छ। 'आज नेता चयन हुनुभयो र नेताले अरु छान्न पाउँछ नि त,' उनले भने।

एमालेले प्रतिनिधि सभाको निर्वाचनमा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो। ओलीका विरुद्धमा संसदीय दलमा चुनौती दिने अरु सांसद नभएपछि ओली सर्वसम्मत भएका हुन्। यसअघि २०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि पनि ओली संसदीय दलको नेता चयन भएका थिए।

एमालेले प्रतिनिधि सभामा ७८ सिट जितेको छ। उक्त सिटका आधारमा एमाले प्रतिनिधि सभामा दोस्रो ठूलो दल हो। प्रतिनिधि सभाका सांसदहरुलाई संघीय संसद सचिवालयले पुस ७ गते सपथका लागि बोलाएका छ। शपथ अघि एमालेले संसदीय दलको नेता चयन गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell