PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?



पहिलोपोस्ट

सरकारी वकिलको राष्ट्रिय सम्मेलन पुस ८ देखि, को को हुँदैछन् सहभागी?

काठमाडौंः सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन यही पुस ८ गतेदेखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ। सम्मेलनको नारा ‘फौजदारी न्यायको प्रभावकारिताः कानुनी शासनको सुनिश्चितता’ रहेको छ। मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

साथै, सम्मेलनले महान्यायाधिवक्ताको कार्यालयको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको समीक्षा गर्नु र प्रभावकारिताका लागि पहल गर्नु, महान्यायाधिवक्ताको कार्यालयको संस्थागत सुधार, भौतिक पूर्वाधारको विकास र भावी योजनाका लागि मार्गदर्शन खोज्ने छ।

काठमाडौंको राष्ट्रिय सभागृह हलमा तीन दिन हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन् भने सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको सहभागिता हुनेछ।

चौथो राष्ट्रिय सम्मेलनबाट सरकारी वकिलको व्यावसायिकता विकास र संस्थागत सुदृढीकरणका लागि आवश्यक सेवा शर्त कानुन तर्जुमाका लागि आधार तयार गर्ने, सरकारी मुद्दाको प्रतिरक्षा र बहस पैरवीमा सुधारको लागि विशिष्टीकरण र समन्वय विस्तारमा थप प्रभावकारिता वृद्धि गर्नेलगायतका उपेक्षा गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell