PahiloPost

Apr 25, 2026 | १२ बैशाख २०८३

दलको नेतामा मनोनयनपछि गगन दौडधुपमा, शशांक र प्रकाशमानसँग भेट



पहिलोपोस्ट

दलको नेतामा मनोनयनपछि गगन दौडधुपमा, शशांक र प्रकाशमानसँग भेट

काठमाडौंः संसदीय दलको नेतामा मनोनयन दर्ता गरेपछि गगन थापाले दौडधुप बढाएका छन्। पार्टी सभापति शेरबहादुर देउवासँग थापा प्रतिस्पर्धामा छन्। संसदीय दलको अंकगणितमा देउवा बलियो अवस्थामा छन्।

मनोनयन दर्ता गरेपछि थापाले मंगलबार साँझ वरिष्ठ नेताद्वय शशांक कोइराला र प्रकाशमान सिंहसँग भेट गरेका छन्। कोइराला र सिंहलाई निवासमै पुगेर थापाले भेट गरेका हुन्।

संसदीय दलको नेतामा आफूलाई सघाउन दुबै नेतालाई गगनले आग्रह गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell