PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?



पहिलोपोस्ट

ट्रेभोनको कप्तानीमा रहेको जनकपुर रोयल्सको जर्सी सार्वजनिक, को को छन् टोलीमा?

काठमाडौं: नेपाली टी २० लिगको फ्रेन्चाइजी जनकपुर रोयल्सले कप्तान र जर्सी सार्वजनिक गरेको छ। मंगलवार एक कार्यक्रम गर्दै रोयल्सले जर्सी सार्वजनिक गरेको हो।

सोमपाल कामी मार्की खेलाडी रहेको रोयल्सले कप्तानको जिम्मेवारी ट्रेभोन अबशाइ गृफ्फितले गर्नेछन्। रोयल्सका प्रशिक्षक उमेश पटवालले टिममा कम्बिनेसन मिलाउनका लागि उनलाई कप्तान बनाइएको बताए। पटवालले सोमपाल कामीले स्थानीय खेलाडी र ट्रेभोनले विदेशीसँगको समन्वय मिलाउँन सहज हुने बताए।

मार्की खेलाडी सोमपालले प्रतियोगिता हुन गइरहेकोमा खुशी भएको भन्दै आफ्नो लक्ष्य च्याम्पियन बन्ने रहेको बताए।

नेपाल टी २० लिग डिसेम्बर २३ (पुस ८) बाट सुरु हुँदैछ।

कोको छन् जनकपुरको टोलीमा?

चाडविक वाल्टन, ट्रेभोन अबशाइ ग्रफ्फिथ, केसरिक विलियम्स, आशन प्रियन्जन, शराफुद्दिन शिनवरी, सोमपाल कामी, सन्दीप जोरा, मोहम्मद आदिल आलम, दीलिप नाथ, ललित नारायण राजवंशी, सुशन भारी, सागर पुन, पवन सरार्फ, जितेन्द्र मुखिया, खडक बोहोरा, राजेश पुलामी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell