PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गगन थापामाथि प्रहरीको निगरानी, सत्ताको शक्ति दुरुपयोग नगर्न चेतावनी



पहिलोपोस्ट

गगन थापामाथि प्रहरीको निगरानी, सत्ताको शक्ति दुरुपयोग नगर्न चेतावनी

काठमाडौं : संसदीय दलको नेतामा उम्मेदवारी दिएका महामन्त्री गगन थापालाई नेपाल प्रहरीले पिछा गरेको उनी पक्षीय नेताले आरोप लगाएका छन्। संसदीय दलको नेतामा आफूलाई जिताउन दौडधुपमा लागेका थापालाई प्रहरीले पिछा गरेको र अवरोध गरेको आरोप लागेको हो।

मंगलवार साँझ लाजिम्पाटको होटल एम्बासडर अगाडि थापालाई प्रहरीले अवरोध गरेको काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। केन्द्रीय सदस्य शिवाकोटीले यसबारे सामाजिक सञ्जालमा यसबारे प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई सचेतसमेत गराएका छन्।
`प्रधानमन्त्री शेर बहादुर दाई र गृहमन्त्री बालकृष्ण दाई नेपाली कांग्रेस संसदीय दलको नेताको उमेद्वारी दिएका महामन्त्री गगन थापालाई प्रहरी बलको दुरुपयोग गरेर रोक्ने प्रयास नगर्नु होला,´ सामाजिक सञ्जाल फेसबुकमा शिवाकोटीले लेखेका छन्। देउवा संस्थापन पक्षबाट संसदीय दलको उम्मेदवार छन्। थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि भेटघाट तीब्र बनाएका छन्। उनी अहिले सोही होटलमा छन्। होटलमा सत्ताको शक्ति दुरुपयोग गर्दै निगरानी बढाएको गगन पक्षको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell