PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?



पहिलोपोस्ट

कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान हुँदै, गगन र शेरबहादुरमा को बलियो?

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज बिहान ८ बजेका लागि मतदान तय भएको छ।

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

देउवालाई संसदीय दलको नेतामा मनोनयनका लागि पूर्णबहादुर खड्का समर्थक बसेका छन् भने रामचन्द्र पौडेलले समर्थन गरेका छन्। गगन थापाका लागि भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र पौडेल समर्थक बसेका हुन्। संसदीय दलको नेतामा डा शेखर कोइराला गगनका प्रस्तावक बसेका छन्।

बालुवाटार स्रोत प्रधानमन्त्री देउवा नै संसदीय दलको अंकगणितमा बलियो भएको दाबी गरिरहँदा गगन स्रोतको पनि उही छ भनाई। संसदीय समीकरण हेर्दा देउवा बलियो छन्। यद्यपि महामन्त्री शर्मा र प्रदीपको 'इन्ट्री'ले गगन थप बलियो भएका छन्। गगन स्रोतको दाबी छ, '४१ मत हाम्रो पक्षमा निश्चित भइसक्यो।'  केही मत तितरवितर नबने गगनले चमात्कारिक नतिजा निकाल्ने स्रोतको दाबी छ।

तर देउवा पक्ष भने चार शीर्ष नेताको सहयोग पाएर ढुक्क देखिन्छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले खुलेरै देउवाको साथ दिइसकेका छन् भने प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा शशांक कोइरालाको साथले देउवा संसदीय दलको नेतामा चुनिने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले दाबी गरे।

‘सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुने कन्फम हो, संसदीय दलको अङ्क गणितमा ६७ सांसदको समर्थन पक्का भइसकेको छ,’ प्रेस प्रमुख परियारले भने।

दुई नेताको दाबी आआफ्नै भए पनि फैसला भने कांग्रेसका ८९ सांसदले नै गर्नेछन्। १० बजे मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम एक घण्टामै आइसक्ने निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell