PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

भामोस् अर्जेन्टिना : विश्वकप ट्रफी लिएर फर्किएको फुटबल टोलीलाई स्वागत गर्न राजधानीका सडकमा ओर्लिए ४० लाख मानिस

भामोस् अर्जेन्टिना : विश्वकप ट्रफी लिएर फर्किएको फुटबल टोलीलाई स्वागत गर्न राजधानीका सडकमा ओर्लिए ४० लाख मानिस

पहिलोपोस्ट /पहिलोपोस्ट


विश्व विजेता बनेर अर्जेन्टिना फुटबल टोली स्वेदश फर्किएको छ। मंगलबार विशेष विमानबाट राजधानी बुनोज एरिजमा ओर्लिएका खेलाडीहरुलाई अर्जेन्टिनाले भव्य स्वागत गरेको छ।

विमानबाट पहिला कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी लिएर ओर्लिएका थिए। त्यसपछि सुरु भयो जितको खुशियाली।

खेलाडीहरुलाई 'ओपन टप डेक' बसमा राखेर नगर परिक्रमा गराइयो। उनीहरुलाई स्वागत गर्दा बुनोज एरिजमा लाखौं अर्जेन्टिनी नागरिक सडकमा ओर्लिएका थिए। निलो र सेतो रंगको जर्सी लगाएका समर्थकहरुको भिड सडकमा बढ्दै गयो। खेलाडीहरु उनीहरुसँगै जितको खुशी साट्दै अघि बढे। रातभर अर्जेन्टिनाको राष्ट्रिय झण्डा र म्यराडोनाको तस्विर लिएर मानिसहरु 'जितको जश्न' मा सहभागी भएका थिए।

अर्जेन्टिनाको स्थानीय मिडियाहरुका अनुसार खेलाडीहरुको स्वागतका लागि करिब ४० लाख मानिस राजधानीको विभिन्न क्षेत्रमा भेला भएका थिए। फ्रान्सलाई हराएर तेस्रोपटक विश्वकप जितेको अर्जेन्टिनामा मंगलबार सार्वजनिक विदा घोषणा गरिएको छ।

जर्सीमा तीनवटा तारा लगाएका हजारौं समर्थकहरु अहिले अर्जेन्टिनाको राष्ट्रिय गित गाइरहेका छन्। विश्वकपभर चर्चामा रहेको 'भामोस् अर्जेन्टिना' गाउँदै बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म आफ्नो टोलीको जितको खुशी मनाउँदैछन्।

Photo : Fifa / Reuters / Getty Images



ट्रेन्डिङ पोस्ट

Ncell