
इलन मस्कले ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने भएका छन्। केही दिनअघि उनले ट्वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको सीईओ बनिरहन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए।
ट्वीरमा भएको 'पोल' मा ५७.५ प्रतिशतले सीईओबाट हट्नुपर्छ भन्नेमा मत दिएका थिए भने ४२.५ प्रतिशतले राजीनामा दिनुहुन्न भन्नेमा मत दिएका थिए।
मस्कले सर्वेक्षणबाट आउने नतिजालाई मान्ने बताएका थिए। त्यसैले उनले ट्वीटर 'पोल' को नतिजालाई स्वीकार्दै राजीनामा दिने बताएका हुन्। तर उनले तत्कालै राजीनामा भने दिनेछैनन्।
'यो काम गर्न 'फुलिस'व्यक्ति भेटेपछि म सीईओ पदबाट राजीनामा दिनेछु!,' उनले भनेका छन्।
उनले सीईओ पद सम्हाल्न सक्ने व्यक्ति भेटेपछि राजीनामा दिने र त्यसपछि सफ्टवेयर र सर्भर टिम मात्र संचालन गर्ने बताएका छन्।
Should I step down as head of Twitter? I will abide by the results of this poll.
— Elon Musk (@elonmusk) December 18, 2022