PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद



पहिलोपोस्ट

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ।

आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु हुन नसकेको बताइएको छ। गगन थापा पक्षले मतदानस्थलमा मोबाइल लग्न पाउनु पर्ने भनिरहँदा देउवा पक्षमा मोबाइल लग्न नपाउने अडान राखेका छन्। जसकारण निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो। 

सिंहदरबार परिसरमा कांग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको छ। जसकारण सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।

नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ।

कांग्रेसको संसदीय दल कार्यालय रहेको परिसरमा मतदान अधिकार प्राप्त सांसदबाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ। सिंहदरबारमा पुगेका कांग्रेसका केन्द्रीय सदस्यहरुलाई समेत दलको कार्यालयमा प्रवेश दिइएको छैन।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell