PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सिंहदबारमा बढ्यो राजनीतिक सरगर्मी : कांग्रेसका सांसदबाहेक अरुलाई 'नो इन्ट्री', केन्द्रीय सदस्य पनि पाएनन् छिर्न

सिंहदबारमा बढ्यो राजनीतिक सरगर्मी : कांग्रेसका सांसदबाहेक अरुलाई 'नो इन्ट्री', केन्द्रीय सदस्य पनि पाएनन् छिर्न

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको नेता छान्न मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो।

नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ।

अहिले मतदान प्रक्रिया सुरु भएको छ। सिंहदरबार परिसरमा कांग्रेस नेता, कार्यकर्ता र शुभचिन्तकको भीड लागेको छ। जसकारण सुरक्षा व्यवस्थालाई कडा पारिएको छ। कांग्रेसको संसदीय दल कार्यालय रहेको परिसरमा मतदान अधिकार प्राप्त सांसदबाहेक अरुलाई प्रवेशमा रोक लगाइएको छ। सिंहदरबारमा पुगेका कांग्रेसका केन्द्रीय सदस्यहरुलाई समेत दलको कार्यालयमा प्रवेश दिइएको छैन। प्रहरीले निर्वाचित सांसदको परिचयपत्र र प्रमाणपत्र हेरेर मात्र प्रवेश गर्न दिइरहेका छन्।

मतदानमा सहभागी हुन प्रतिनिधिसभा तर्फ कांग्रेसबाट निर्वचित सांसदहरु सिंहदरबार पुगिरहेका छन्। कांग्रेसमा ८९ जनाले दलको नेता छान्न मतदान गर्दैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell