PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सिंहदरबार पुगे शेरबहादुर र गगन, सबैलाई भनेको छु देउवाविरुद्ध लड्दैछु : थापा



पहिलोपोस्ट

सिंहदरबार पुगे शेरबहादुर र गगन, सबैलाई भनेको छु देउवाविरुद्ध लड्दैछु : थापा

काठमाडौं : सिंहदरबारमा नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज मतदान भइरहेको छ। सिंहदरबारमा रहेकव संसदीय दलको कार्यालयमा मतदान भइरहेको हो।

दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ।

अहिले सिंहदरबारमा रहेको कांग्रसको संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरु पुग्ने क्रम जारी छ। नेता बन्न मैदानमा उत्रिएक देउवा र गगन पनि सिंहदरबार पुगेका छन्।

सिंहदरबारमा पुगेका थापाले आफूले सबैजनालाई देउवाविरुद्ध लडिरहेको बताएको प्रतिक्रिया दिए।

मतदान सुरु हुन लाग्दा थापाले मतदाताहरुलाई विवेकसम्मत निर्णय गर्न  अपिल गरेका थिए।

'पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु,' थापाले अपिलमा लेखेका छन्।

देउवाले भने कुनै प्रतिक्रिया दिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell