PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कांग्रेसको संसदीय दलको नेता गगन कि शेरबहादुर? सिंहदरबारमा हुँदैछ मतदान

कांग्रेसको संसदीय दलको नेता गगन कि शेरबहादुर? सिंहदरबारमा हुँदैछ मतदान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्यो। सत्ता गठबन्धनको नेतृत्व गर्दै चुनावमा होमिएको कांग्रेस अहिले फेरि आफ्नै नेतृत्वमा सरकार बनाउने कसरतमा छ।

राष्ट्रिय विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु अहिले छलफलमा जुटेका छन्। राजनीतिक सरगर्मीबिच आज नेपाली कांग्रेसले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्दैछ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा अहिले दलको नेता छान्न मतदान भइरहेको छ। दलको नेता बन्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबिच प्रतिस्पर्धा भइरहेको छ। देउवा र थापा दुवैजनाले मतदान गरिसकेका छन्।

सिंहदरबारमा रहेको कांग्रसको संसदीय दलको कार्यालयमा नवनिर्वाचित सांसदहरु पुग्ने र मतदान गर्ने क्रम जारी छ। बिहान ८ बजेका लागि तय भएको मतदान करिब ४० मिनेट ढिलो गरि सुरु भएको हो। 

कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदहरुले दलको नेता छान्न आज मतदान गर्दैछन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो । मतदान सकिए लगत्तै मतगणना हुनेछ। निर्वाचन परिणामको घोषणा पनि आजै हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell