PahiloPost

May 16, 2025 | ३ जेठ २०८२

सिंहदरबारमा माया राईलाई पर्खँदै कांग्रेस : ८८ जनाले मतदान गरे



पहिलोपोस्ट

सिंहदरबारमा माया राईलाई पर्खँदै कांग्रेस : ८८ जनाले मतदान गरे

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न अहिले सिंहदरबारमा मतदान भइरहेको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र गगन थापा चुनावी मैदानमा छन्। अहिले मतदान अन्तिम चरणमा पुगेको छ।

संसदीय दलको नेता छान्न कांग्रेसका ८९ जना नवनिर्वाचित सांसदले आज मतदान गर्दैछन्। ती मध्ये ८८ जनाले मतदान गरिसकेका छन्। एकजना सांसदले मात्रै मतदान गर्न बाँकी रहेको छ।

समानुपातिकतर्फबाट निर्वाचित भएकी भोजपुरकी माया राईले मात्रै मतदान गर्न बाँकी रहेको जनाइएको छ। सुत्केरी रहेकी राई आएर मतदान गरेपछि निर्वाचन प्रक्रिया समाप्त गर्ने तयारी छ। राई संस्थापन पक्षबाट सांसद भएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell