PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

आरजु र मञ्जुले सांसदहरुलाई मतदान गरेको तस्विर खिच्न बाध्य पारेको गगन थापा पक्षको आरोप



पहिलोपोस्ट

आरजु र मञ्जुले सांसदहरुलाई मतदान गरेको तस्विर खिच्न बाध्य पारेको गगन थापा पक्षको आरोप

काठमाडौं : सिंहदरबारमा रहेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ। दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

मतदान बिहान ८ बजेबाट सुरु हुने बताइए पनि विवादका कारण ४० मिनेट ढिलो गरि मतदान सुरु भएको थियो। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद हुँदा मतदान सुरु सकेको थिएन। गगन थापा पक्षले मतदानस्थलमा मोबाइल लग्न पाउनु पर्ने भनिरहँदा देउवा पक्षमा मोबाइल लग्न नपाउने अडान राखेका थिए। मतदान गरेको तस्विर खिच्न सक्ने आंकलन बिच मोबाइल लग्न दिन नदिने भन्ने विषयमा विवाद भएको थियो। जसकारण निर्धारित समयमा मतदान सुरु हुन सकेको थियो।

पछि मोबाइल लग्न नपाउने सहमति भएपछि मतदान सुरु भएको थियो।

तर, गगन थापा पक्षले केही सांसदलाई संस्थापन पक्षले 'ट्रयाप'मा पारेर मतदान गरेको तस्विर खिच्न बाध्य पारेको आरोप लगाएको छ।

प्रधानमन्त्री देउवा श्रीमती आरजु राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणले १३ जना सांसदलाई 'ट्रयाप'मा पारेर मतदान गरेको फोटो बाध्य पारेको गगन पक्षले आरोप लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell