PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

मकवानपुरमा बसले ठक्कर दिँदा एकजना महिलाको मृत्यु



पहिलोपोस्ट

मकवानपुरमा बसले ठक्कर दिँदा एकजना महिलाको मृत्यु

हेटौँडा : नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका-७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना५ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु२ख ४६०७ नंको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ। मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell